Birat Post शुक्रबार, पुष ०३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ३ पुष ।
चेतना संरक्षण प्रतिष्ठानको मासिक साहित्यिक शृंखला शुक्रबारदेखि पुनः सुरु भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि गत चैतदेखि शृंखला रोकिएको थियो । प्रतिष्ठानले विगत ४ वर्षदेखि हरेक महिनाको पहिलो शुक्रबार साहित्यिक शृंखला सञ्चालन गर्दै आएको छ ।

शुक्रबार भएको ४७ औं शृंखलामा भरत गुरागाईं ‘बर्वरिक’, ममता मृदुल, मञ्जुश्री गिरी, लक्ष्मी स्मृति, शिवनारायण पण्डित ‘सिंगल’, प्रिन्स प्रमोदकुमार ढकाल, सविना श्रेष्ठ, सरिता तुलाधर, दुर्गा सिग्देल, शारदा कार्कीलगायतले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

अबदेखि मासिक शृंखलालाई निरन्तरता दिइने कार्यक्रम संयोजक मीनकुमार नवोदितले जानकारी दिए । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डभित्र रहेर कार्यक्रम सञ्चालन गरिने नवोदितले बताए ।

प्रतिष्ठानका महासचिव उमेश दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ खेम नेपाली, साहित्यकार ऋतु आसिकलगायतले  चेतना संरक्षण  प्रतिष्ठानको मासिक  कार्यक्रमले नयाँ र पुराना  पुस्ताका स्रष्टालाई  जोड्ने काम गरेको बताए ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल