Birat Post शुक्रबार, पुष ०३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३ पुष ।

नेपाल विद्युत प्राधिकरण, विराटनगर वितरण केन्द्रबाट चितवन सरुवा भएका केन्द्र प्रमुख राजीव कुमार सिंहको उद्योग संगठन मोरङले बिदाइ गरेको छ ।

बिदाइ कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र प्रमुखका रुपमा सिंहले विद्युत समस्या न्यूनिकरणका लागि पु¥याएको समन्वयकारी भूमिकाको प्रशंसा गर्दै आगामी दिनको उत्तरोत्तर प्रगतिको कामना गरे । अध्यक्ष घिमिरेले उद्योगी/व्यवसायीले भोग्दै आएका लो भोल्टेज, ट्रिपिङ लगायतविद्युतसंग सम्बन्धित अन्य समस्या समाधानका लागि उपलब्ध श्रोत साधनको समूचित व्यवस्थापन गर्दै तत्काल समस्या समाधानका लागि सिंहले देखाएको तत्परता अरुका लागि मार्गदर्शन हुने बताए ।

त्यसै क्रममा बोल्दै सिंहले विराटनगर बसाइका क्रममा उद्योगी/व्यवसायीबाट प्राप्त सहयोगले विद्युतीय समस्या समाधानमा आफुलाई सहज भएको बताए । उनले उद्योगी/व्यवसायीसंगको निरन्तर संवादका साथै सबै क्षेत्रबाट प्राप्त सुझावले आफुलाई सदैव विद्युत समस्या समाधान गर्न हौसला मिलेको बताउदै प्राप्त सहयोग र सदभावका लागि आभार प्रकट गरे ।

उक्त अवसरमा विराटनगरबाट पांचथर शाखाको प्रमुखमा सरुवा भएका ईन्जिनीयर साजन महर्जन र गौराद शाखाको प्रमुखमा सरुवा भएका ईन्जिनीयर विजुली प्रसाद यादवको पनि बिदाइ गरिएको थियो ।

कार्यक्रममा उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष मुकेश उपाध्याय, वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेल, उपाध्यक्ष राकेश सुराना, कोषाध्यक्ष नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, तारानाथ निरौला, ईन्द्र खत्री, सुनिल धनावत, प्रतिभा रिजाल ओली लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल