Birat Post बिहिबार, पुष ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

प्राचिन समयमै सुनको महत्व थियो । यसका गरगहनाहरु मानिसहरुले प्रयोग गर्दै आए । पौराणीक ग्रन्थले समेत यसको महत्वलाई उच्च सम्मान दियो । धार्मिक दृष्टिकोणले सुनलाई उत्तम धातु मानियो । ज्योतिष शास्त्रमा समेत धातुको प्रयोगलाई भिन्न–भिन्न ग्रहसँग सम्बन्ध हुने बताएको छ । सौर्यमण्डलमा रहेका ग्रहहरुले एक व्यक्तिको शरीरमा रहेको धातु अनुसार असर देखाउने बताइन्छ ।

गलत प्रयोगले कहिले काहीं शरीरमा धातुका गहनाले विभिन्न ग्रहको नकारात्मक असर समेत हुने कुरा बताइएको छ । शास्त्रका अनुसार सुनका गहनाहरु प्रयोग गर्दा पनि लापरवाही गर्नु हुँदैन । गलत प्रयोगकै कारण भाग्यमा असर पर्न सक्ने कुरा पनि ज्योतिषहरु सुझाउछन् । मेष,कन्या र धनु राशि भएका व्यक्तिहरुले हातमा सुनका औंठी लगाउँदा मात्रै पनि प्रगतिमा वाधा पुग्न सक्ने औल्याएको छ ।यी तीन राशि भएका व्यक्तिहरु आफ्नो जीवनमा दुख मात्रै पाइरहेका छन् भने लगाएका गहना तुरुन्त हटाउनु पर्दछ । यी तीन राशिले सुन लगाउँदा नकारात्मक उर्जा पैदा भई धन–सम्पतिमा गलत असर पर्ने ज्योतिषशास्त्रको मान्यता रहेको छ ।

यसका लागि मानिस आफैले प्रयोग गरेर हेर्न सकिने ज्योतिषहरु बताउछन् । ज्योतिषशास्त्रअनुसार बायाँ हातमा सुन लगाउनु उचित होइन । बाँया हातमा सुन लगाउदा दुर्भाग्य निम्तिने विश्वास रहेको छ । साथै सुन हराउनु वा भेट्टाउनु दुवै कुरा अशुभ मानिन्छ । सुन हराउँदा स्वास्थ्यमा समस्या हुन्छ र भेटिएको सुन घरमा राख्दा खर्च बढ्ने मान्यता रहेको छ । आफ्नो दाम्पत्य जीवन खुसी बनाउन चाहनुहुन्छ घाँटीमा सुनको सिक्रि र चोर औंलामा सुनको औंठी लगाउनु उत्तम हुन्छ । यो पनि आफैले प्रयोग गर्ने हो ।

फाव ,अफाब बिचार गर्ने र धारण गर्ने । नभए धातुको प्रयोगमा सचेतता अपनाउने । गर्भवती र वृद्धा महिलाले सुनका गरगहना थोरै लगाउनु राम्रो हुन्छ तर धेरै सुन लगाउनु अशुभ मानिन्छ । सन्तान प्राप्तिका लागि साहिँली औँला मा सुन लगाउनु एकदम शुभ मानिन्छ । खुट्टामा सुन लगाउनु राम्रो मानिदैन । यसले दाम्पत्य जीवनमा नराम्रो प्रभाव पार्ने विश्वास गरिन्छ । कसै कसैले खुट्टामा सुनको पाउजु लाएको देख्न सकिन्छ । यो अत्यन्त घातक हुन्छ । घरमा सुन राख्दा केसर राखी रातो वा पहेंलो कपडामा बाँधेर घरको उत्तर पूर्वमा राख्नु अत्यन्त शुभ मानिन्छ । सुन दान गर्दा ब्राह्मण पुजारी वा गुरुलाई दिनुपर्दछ । सुनपानी पिउँदा रोगप्रतिरोधात्मक क्षमता बढ्ने बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल