विराटनगर १ पुष ।
विराटनगर महानगर र रोटरी क्लब अफ विराटनगर डाउन टाउनको संयुक्त आयोजनामा विराटनगरका विभिन्न सडकहरुमा डस्टबिन राखिन थालेको छ । सडक सौन्दर्यीकरणको अभियान थालेको महानगरले विभिन्न संस्थाहरु संगको समन्वयमा काम गरिरहेको छ ।
अभियान अन्र्तगत विराटनगर १० को ट्राफिक चोक देखी रोडशेष सम्म २८ वटा र विराटनगर ४ स्थित प्रगतीमार्गमा १५ वटा डस्टबिन राखिएको छ ।
आवश्यकता हेरी स्थानीयको संरक्षण रहने गरी ती सामाग्री प्रदान गरिएको हो । महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगर १० का वडाध्यक्ष माधव वाग्ले र वडा नं. ४ का वडाध्यक्ष देवेन्द्र पोखरेललाई डस्टबिन हस्तान्तरण गरेका थिए । कार्यक्रममा रोटरी क्लब डाउनटाउनका तर्फबाट अध्यक्ष दिप्ती अग्रवाल , सेक्रेटरी तथा कार्यक्रम संयोजक गिरिजा सारडा,पुनम राठी,अनु सारडा,कुसुम अग्रवाल लगायतको सहभागिता रहेको थियो ।