विराटनगर ३० मंसिर ।
मंगलबार साताको तेस्रो कारोबार दिन नेप्से सूचक ५.७५ अंकले घटेर २०६१.४१ विन्दुमा पुगेको छ । तर विक्री चाप बढेर ६ अर्बभन्दा धेरै रकमको कारोबार भएको छ ।
मंगलबार २०५ कम्पनीको ९७ हजार ५५ लाख ५४७ कित्ता शेयर ६ अर्ब ६ करोड ९३ लाख रुपैयाँमा खरिद बिक्री भएको हो । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ ।