विराटनगर ३० मंसिर ।
मंगलबार पनि सुनको मूल्य ओरालो लागेको छ । सुन प्रतितोला एक सय रुपैँयाले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ३ सय र तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय ५० रुपैँयामा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने आज पनि यथावत नै रहेको छ । चाँदी प्रतितोला १ हजार २ सय रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।