सुवाश सापकोटा शुक्रबार, मंसिर २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २६ मंसिर ।
पतन्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्णआचार्य र विराटनगर महानगरका मेयर भीम पराजुली वीच अन्तरसंवाद भएको छ । पतन्जली योगमार्फत भएको जुममिटिङमा आचार्य बालकृष्णले योग अभ्यास सहित स्वस्थ्य समाज निर्माणमा जुट्न सक्ने सुझाएका थिए । उनले धार्मिक ,सामाजिक र प्रकृतिले समेत पूर्णता पाएको देश नेपालमा सु संस्कारयुक्त समाज निर्माणमा योग फलदायी बन्ने बताएका थिए ।

नेपाल र भारतमा रहेका र योगमा जोडिन चाहने ब्यक्तिहरुलाई जोड्न हरतरहका प्रयास गरिने बताए । पतन्जलि योग समिति नेपालद्धारा भइरहेका कामको आचार्य बालकृष्णले प्रशंसा गरेका थिए । मेयर पराजुली पनि पतन्जलीको योग शिक्षक हुन् र उनी केही समय यता जुम मिटिङ मार्फत योगप्रशिक्षणमा सहभागी भइरहेका छन् ।

उनले योगका माध्यमबाट स्वस्थ्य समाज निर्माण गर्न सकिने भन्दै यसलाई आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्ने बताए । समाज रुपान्तरण गर्न योग पनि सहायक बन्ने भन्दै यसको जनस्तर सम्म विकास गर्नुपर्ने बताए । जुम मिटिङको संयोजन पतन्जलि योग समितिका केन्द्रीय प्रभारी लबदेव मिश्रले गरेका थिए । कार्यक्रममा नेपाल भारतका योग प्रशिक्षक र साधकहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
अभियन्ता दुर्गा प्रसाईंलाई भद्रपुरबाट काठमाडौँ लगियो
प्रसाइलाई झापाको हिरासतमा राख्ने कि काठमाडौं ल्याउने भन्ने विषयमा छलफल हुदै
नेपाली सेनामा भर्ना खुल्यो,वैशाख २७ भित्र आवेदन दिन सकिने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल