विराटनगर २४ मंसिर ।
मंगलबार ह्वात्तै १ हजार ५ सयले बढेको सुनको मूल्य बुधबार ७ सय रुपैँयाले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ४ सय र तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय ५० रुपैँयामा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि २० रुपैँयाले घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय १५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।