Birat Post शुक्रबार, मंसिर १९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १९ मंसिर ।
झापाको २ छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ बाट ९.५ ग्राम लागुऔषध ब्राउनसुगर सहित अर्जुनधारा नगरपालिका–६ का २५ वर्षीय आशिष थापालाई पक्राउ गरेको हो ।

यसैगरी अर्जुनधारा नगरपालिका–९ बाट ३९ ग्राम लागुऔषध ब्राउनसुगर सहित बुद्धशान्ति गाउँपालिका–२ का २२ वर्षीय प्रिन्स खनाललाई समेत पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका दुवै जनाको समबन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

यस्तै सुनसरी र मोरङको २ स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । मोरङको कटहरी गाउँपालिका–१ बाट सोही गाउँपालिका–३ का २० वर्षीय अनुकेत माझी लागुऔषध सहित पक्राउ परेका छन् । निजको साथबाट प्रहरीले नाईट्राभेट ५०० ट्याब्लेट र डाईलक्स डि.सी. ७ बोतल बरामद गरेको थियो । लागुऔषध सहित पक्राउ परेका माझीको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१० बाट स्थानीय ४८ वर्षीय पुर्ण बहादुर लिम्बु र धरान–११ का ५० वर्षीय साखुरा लिम्बुलाई लागुऔषध सहित पक्राउ गरेको हो । प्रहरी टोलीले निजहरुको घरको कोठाबाट DIALEX-DC 100 ml लेखिएको ३६ बोतल, स्पास्मोप्रोक्सिवन प्लस ७२ क्याप्सुल, नाईट्रोसम ६ ट्याब्लेट, नगद २९ हजार ५०० समेत बरामद गरेको थियो । लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल