विराटनगर १७ मंसीर ।
बुधबार सुनचाँदीको मूल्य उकालो लागेको छ । सुन प्रतितोला ५०० रुपैँयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार र तेजाबी सुन प्रतितोला ९० हजार ५५० रुपैँयामा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि ३० रुपैँयाले बढेर प्रतितोला १ हजार १८५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।