काठमाडौं २८ कार्तिक ।
पछिल्लो २४ घण्टामा थप २ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै ३ हजार ५३७ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् भने थप १३ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा ९५३३ जनाको नमुना परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ, संक्रमितमध्ये १ लाख ६८ हजार १२९ जना उपचार पछि डिस्चार्ज भएका छन् भने १२०२ जनाको मृत्यु भइसकेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ ।