Birat Post बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

उर्लाबारी २७  कार्तिक /
कुनै पनि घटनालाई  अतिरन्जित गरियाे भने त्यसको परिणाम गलत  पनि  आउन  सक्छ । नेपालमा हरेक कुरालाई रानैतिककरण  गर्नेे र त्यसमाथि राजनीतिक  रंग दिने  कार्यले समेेत  निरन्ततरता पाउँदा कतिपय न्याय नपाएका घटना पनि   छन् ।  यस्तै घटनाको ज्वलन्त उदाहरण हाे उर्लाबारी घटना  ।माेरङकाे उर्लाबारी नगरपालिका–४ कि तारा गहतराजले पति र उनकी कान्छी श्रीमती विरुद्ध बहुविवाह मुद्धा दर्ता गराएकी छन् । पति दिवस गहतराजले कान्छी श्रीमती ल्याएको चाल पाएपछि आफुमाथि अन्याय भएको भन्दै जेठी श्रीमती ताराले बहुविवाह मुद्धा दर्ता गराएकी हुन् ।
जेठी श्रीमती ताराले पति दिवस र उनकी कान्छी श्रीमती कोपिला बर्देवाविरुद्ध बहुविवाहको मुद्धा दर्ता गराएकी हुन् । बहुविवाहको मुद्धा दर्ता गराएकी ताराका अनुसार ससुरा एवम् दलित अगुवा नेता भीमलाल गहतराजको मृत्यु संस्कारका क्रममा कोपिला बर्देवाले पति दिवसकी कान्छी श्रीमती रहेको दावी गर्दै जबरजस्ती मृत्यु संस्कारमा सहभागि हुन खोजेकि थिइन् ।
मृत्यु संस्कारका क्रममा पति दिवसले आफुमाथि सौता ल्याएको चाल पाएपछि १३ दिने काम सकिएलगत्तै पति दिवस र सौता कोपिलाविरुद्ध बहुविवाह मुद्धा दर्ता गरेको बताइन् । ताराले पति दिवसले आफु हुँदाहुँदै कानुन विपरित कान्छी श्रीमती ल्याएर अन्याय गरेकाले मुद्धा दर्ता गरि कानुनी उपचार खोज्न बाध्य भएको आरोप लगाइन् ।
दिवसकी कान्छी श्रीतमी कोपिला बर्देवाले भने आफुलाई कथित तल्लो जात भएकै आधारमा जातीय भेदभाव गर्दै ससुराको मृत्यु संस्कारमा सहभागि नगराइएको आरोप लगाउँदै सिंगो गहराज परिवार विरुद्ध जातीय भेदवा तथा छुवाछुत कसुर अन्तर्गत मुद्धा दर्ता गराएकी थिएन् ।
सोही आरोप आरोपमा इलाका प्रहरी कार्यालय उर्लाबारीले दुई जनालाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक उद्धव पोखरेलले.जातीय भेदभाव तथा छुवाछुतको आरोपमा एक पुरुष र एक महिलालाई पक्राउ गरि अनुसन्धान प्रकृया अघि बढाएको बताए । उनले बहुविवाह र जातीय विभेदका दुवै मुद्धाका सम्वन्धमा अनुसन्धान सुरु गरिएको बताए ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल