काठमाडौं २२ कार्तिक ।
पछिल्लो २४ घण्टामा थप २ हजार ७५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै २ हजार २०६ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् भने थप १७ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा १० हजार ४२३ जनाको नमुना परीक्षण गर्दा २७५३ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ, संक्रमितमध्ये १ लाख ५५ हजार ११४ जना उपचार पछि डिस्चार्ज भएका छन् भने १०८७ जनाको मृत्यु भइसकेको छ ।