विराटनगर २१ कार्तिक ।
शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैँयाले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैँयामा कारोबार भइरहेको छ ।
यसैगरी चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैँयामा कारोबार भइरहेको छ ।