काठमाडौं २० कार्तिक ।
पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै ३ हजार ४३० कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् भने थप १८ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा १८४२ पुरुष तथा १२०९ महिलामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ, संक्रमितमध्ये १ लाख ४८ हजार ४०८ जना उपचार पछि डिस्चार्ज भएका छन् भने १०५२ जनाको मृत्यु भइसकेको छ ।