काठमाडौं १९ कार्तिक ।
पछिल्लो २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै ३ हजार ८४४ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् भने थप ३० जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा ३३०९ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ, संक्रमितमध्ये १ लाख ४४ हजार ९७८ जना उपचार पछि डिस्चार्ज भएका छन् भने १०३४ जनाको मृत्यु भइसकेको छ ।