विराटनगर १८ कार्तिक ।
सुन तथा चाँदीको मूल्यमा मंगलबार सामान्य वृद्धि भएको छ । यसदिन सुन तोलामा ४०० रुपैँयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैँयामा कारोबार भइरहेको छ ।
यसैगरी चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २१० रुपैँयामा कारोबार भइरहेको छ ।