काठमान्डौं १७ कार्तिक ।
नोभेम्बर ४ देखि हवाई मार्ग मार्फत काठमाडौंबाट चीन जान पीसी आर र एन्टीबडी टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने भएको छ । यसका साथै सिरम आइजीएम एन्टीबडी परीक्षणको नेगेटिभ रिपोर्ट पनि प्रस्तुत गर्नुपर्ने भएको छ । पछिल्लो समयमा चीन कोरोना भाइरसको कमी आएपनि आयातीत केसको संख्या बढेको भन्दै चीन सरकारले सो नीति लागु गरेको हो । नेपाल बाहेक अमेरिका, रसिया र बेलायत बाट चीन जानेलाई पनि सोही नियम लागु गरेको छ ।