काठमाडौं १७ कार्तिक ।
पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै ३ हजार १५० कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् भने थप २४ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४४६ नमुना परीक्षण गर्दा २९३३ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७६ हजार ५०० पुगेको छ, संक्रमितमध्ये १ लाख ३७ हजार ९९२ जना उपचार पछि डिस्चार्ज भएका छन् भने ९८४ जनाको मृत्यु भइसकेको छ ।