काठमाडौं १४ कार्तिक ।
पछिल्लो २४ घण्टामा थप ३ हजार ५१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै ४ हजार ९६ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् भने थप १६ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा १४ हजार ९८९ नमुना परीक्षण गर्दा ३५१७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको छ, संक्रमितमध्ये १ लाख २८ हजार ९५८ जना उपचार पछि डिस्चार्ज भएका छन् भने ९२० जनाको मृत्यु भइसकेको छ ।