Birat Post बुधबार, कार्तिक १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १२ कार्तिक ।
सुनसरी र मोरङका २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सुनसरीको रामधुनी नगरपालिका–६ को भित्री सडकखण्डमा भएको ट्रयाक्टर दुर्घटनामा बराहक्षेत्र नगरपालिका–८ का ३० वर्षीय दिनेश राजधामीको मृत्यु भएको हो ।

बालुवा बोकेको को २ त २८९२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई रोडमा पल्टिदा ट्रयाक्टरमा सवार रहेका राजधामीको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

यसैगरी मोरङको उर्लावारी नगरपालिका–४ आईतबारेमा मोटरसाईकलको ठक्करबाट पैदलयात्री कानेपोखरी गाउँपालिका–२ की ४५ वर्षीया भिम कुमारी पुरीको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २६ प ९२६१ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा घाईते भएकी पुरीको अरनिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

ठक्कर दिने मोटरसाईकल र चालकलाई नियन्त्रणको लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल