Birat Post बिहिबार, कार्तिक ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ६ कार्तिक ।
भारतको जोगबनीमा एक नेपाली युवाको शव भेटिएको छ । झण्डै २५–२६ वर्षको जस्तो देखिने युवाको शव भेटिएको हो । मृतक युवा नेपाली भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

केही स्थानिय वासिन्दाले मृतक युवा सुनसरी इटहरीका भएको जानकारी दिएका छन् । तर आफन्त र परिवारका कोही पनि सदस्य सम्पर्कमा आइनसकेकाले मृतकको पहिचान र विस्तृत विवरण खुल्न सकेको छैन । लागुऔषध दुव्र्यसनीमा लागेको र नियमित रुपमा आउजाउ गर्ने भएकाले स्थानीयले इटहरीका युवा भनेर चिनेको बताएका छन् ।

नाक र मुखबाट रगत बगिरहेको तथा शरीरका केही भागमा निलडाम समेत देखिएकाले घटनाको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ । प्रहरीका अनुसार दुवै हातमा ट्याटु रहेका मृतकले सेतो जुत्ता, निलो रंगको जिन्स पेन्ट र गाडा निलो रंगको सर्ट लगाएको अवस्थामा शव भेटिएको छ ।

भारतीय प्रहरीले पोस्टमार्टमका लागि घटनास्थलबाट शव उठाएर लगेको छ । नेपाली भए पनि भारतीय भूमिमा शव भेटिएका कारण घटनाको अनुसन्धान तथा कानुनी प्रक्रिया भारतीय प्रहरीले अघि बढाउने भएको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल