रोशिका अधिकारी मंगलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ४ कार्तिक ।

विराटनगर महानगरपालिकाको पहलमा म्याक्स इन्टरनेशनल हस्पिटल एवं ट्रमा सेन्टर विराटनगरले महेन्द्र चौकमा मंगलबार देखि ५० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली तथा सेन्टरका प्रबन्ध निर्देशक हेमनारायण मेहता बीच आज एक सहमती कायम भई अस्पताल सञ्चालन सुरु गरिएको छ ।

सेन्टरले आफ्ना अन्य सेवा स्थगित गरी पाँच भेन्टिलेर र १२ बेडको सघन उपचार कक्ष (आईसियु) तथा अक्सिजन सहितको ५० बेडको सेवा सुरु गरेको हो । सेन्टरले १२-१२ घण्टाको पालोमा चार चिकित्सक सहित ३८ जना स्वास्थ्यकर्मी कोभिडका संक्रमित बिरामीका उपचारका लागि सेवा प्रवाह गर्ने निर्देशक मेहताले बताए ।

महानगरपालिकाको तीन थान एम्बुलेन्स र सेन्टरको अक्सिजन सहितको एक थान एम्बुलेन्सले कोभिड संक्रमित बिरामीलाई आवश्यक सेवा प्रदान गर्ने भएको छ । सेन्टरको निरीक्षण पछि महानगरपालिकाका प्रमुख पराजुलीले नागरिकको स्वास्थ्य प्रमुख दायित्व भएकोले संक्रमितको उपचारका लागि कुनै कमि हुन नदिन आवश्यक पर्ने सहयोग महानगरपालिकाले उपलब्ध गराउने बताए । अनुगमनका क्रममा अस्पतालका अध्यक्ष शत्रुघ्न यादव, विराटनगर महानगरका जनस्वास्थ्य निरिक्षक दिलिप यादव लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल