विराटनगर ४ कार्तिक ।
कोभिड संक्रमितको उपचारमा थप सहजता प्रदान गर्ने उद्देश्यका साथ विराटनगरका नागरिक समाजका अगुवा ,उद्योगी तथा समाजसेवीहरुले १ सय बेडको कोरोना केयर सेन्टर बनाउने भएका छन् । विराटनगर महानगर क्षेत्रभित्र उपयुक्त स्थानमा उक्त नागरिक केयर सेन्टर बनाउने बताइएको छ ।
यो अभियानका लागि विराटनगर महानगरका मेयर भीम पराजुली ,उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे,मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा,लगायतका व्यक्तिहरुले कोभिड राहत कोष समेत बनाएर केही समय देखि निरन्तर लागिरहेका थिए । राहत कोष संगै यसको क्षेत्राधिकार व्यापक बनाउने अभियान अनुरुप नागरिक केयर सेन्टरको अवधारणा ल्याइएको बताइएको छ ।
केयर सेन्टर निर्माण गर्ने कामका लागि प्रमुख सल्लाहकारमा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई र नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोरालालाई राखिएको छ भने उद्योगी तथा पूर्व संविधान सभा सदस्य पवन सारडाको अध्यक्षतामा १३ सदस्यीय समिति बनाइएको छ । मंगलबार गठित समितिका सदस्यहरुमा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे , मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा ,विराट व्यपार संघका अध्यक्ष सुजन थापा,नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशका १ का अध्यक्ष राजेन्द्र राउत,उद्योगीहरु महेश जाजु,सुशिल धनावत,नविन रिजाल,लायन्स क्लबका राजन खत्री,नेपाल बार एशोसिएसनका पुनम गुप्ता,रोटरी क्लबका बिजु थपलिया,सामाजिक अभियन्ता सुची चौधरी र सदस्य सचिवमा पुनम कुमार दाहाल रहेका छन् ।
यस्तै सल्लाहकारमा प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कुमार कार्की,आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो,सामाजिक विकास मन्त्री जीवन घिमिरे,उद्योग पर्यटन,वन तथा वातावरण मन्त्री जगदिश कुसियैत ,प्रदेश सांसद एवं नेपाली कांग्रेस प्रमुख सचेतक केदार कार्की,प्रदेश सांसद तथा जसपा संसदीय दल नेता जयराम यादव विराटनगर महानगरका मेयर भीम पराजुली ,जहदा गाउँपालिका ,कटहरी गाउपालिका ,बुढीगंगा गाउपालिका ,बर्जु गाउँपालिका ,ग्रामथान गाउँपालिका रहेका छन् ।
मंगलबार विराटनगरमा बसेको समितिको बैठकले विराटनगरका आम नागरिक समुदायको हितका लाागि नागरिक केयर सेन्टरको अवधारणा ल्याइएको र यसबाट आम नागरिक लाभान्वित हुने सेन्टरका अध्यक्ष सारडाले बताए । उनले चाडै विराटनगर महानगर र प्रदेश सरकारको समेत सहयोगमा काम थालिने जानकारी दिए ।