Birat Post बिहिबार, आश्विन २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २९ असोज / 
कोभिड नियन्त्रण र अस्पताल ब्यवस्थापनका काम सरकारले गर्न नसकेको भन्दै नेपाली कांग्रेस विराटनगर महानगर समितिले सरकारको ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएको छ । विहिबार नगर कांग्रेसका कार्यबाहक सभापति अरुण न्यौपानेको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

नगर कांग्रेसले सरकारले कोभिड नियन्त्रण र महामारी नियन्त्रणका लागि गर्नुपर्ने गृहकार्य गर्न नसकेको आरोप लगाएको छ । तत्काल मानव जीवनको रंक्षा गर्न सक्ने कदम चाल्न समेत सरकार संग आग्रह गरेको छ । अक्सिजन ,भेन्टिलेटर र न्यूनतम उपचारको व्यवस्थापनमा जुट्न समेत सरकारलाई कांग्रेस  नगरले आग्रह गरेको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले ज्ञापनपत्र संबन्धित निकायमा पुर्याउने बताए ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदःय राजेश गुप्ता, सन्जय मण्डल ,नेपाली कांग्रेस नगरका उपसभापति प्रविन जोशी,सचिव निरज कोइराला,वडा सभापति विमलराज भण्डारी ,बद्री थापा,केदार घिमिरे ,बद्री कार्की,रामसुन्दर राजबंशी,मोहमद सलिम,युवानेता पंकज बर्मा ,मुस्मिम संघका केन्द्रीय सदस्य अबजल हुसेन, कैकशा कौशर , मुस्लिम संघका नगर सभापति सरफरोस खान ,वडा सभापति जावेद इकवाल ,विद्यार्थी युवा नेता बिष्णु भुर्तेल ,त्रीभुषण गिरी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
पूर्वमन्त्री प्रदीप नेपालको निधन
आजको मौसम : बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव
नेपाल भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक, कुन देशका धेरै ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल