काठमाडौँ २६ असोज ।
कोरोना भाइरसको संक्रमण बाट आज थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ महिला, ७ पुरुषको ज्यान गएको हो ।
मृत्यु हुनेमा काठमाडौंकी ७१ र ४० वर्षीया महिला तथा सुनसरीका ३७, ८९ र ९० वर्षीय, काठमाडौंका ६३ र ६७ वर्षीय, ललितपुरका ५० वर्षीय र रुपन्देहीका ७४ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ६४५ पुगेको छ ।