काठमाडौँ २५ असोज ।
कोरोना भाइरसको संक्रमण बाट आज थप २२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ महिला, १७ पुरुषको ज्यान गएको हो ।
मृत्यु हुनेमा सुनसरीकी ६२ वर्षीया, धनकुटाकी ६१ वर्षीया, काठमाडौँकी ६६ वर्षीया, चितवनकी ७५ वर्षीया र मकवानपुरकी ८५ वर्षीया महिला तथा सुनसरीका ६५ वर्षीय, सर्लाहीका ३८ वर्षीय, काठमाडौँका ६०, ७०, ७५ र ८३ वर्षीय, ललितपुरका ४९ वर्षीय, भक्तपुरका ४४ र ५७ वर्षीैय, नुवाकोटका ७७ वर्षीय, चितवनका ४७, ९८ वर्षीय र उमेर नखुलेको, सिन्धुपाल्चोकका ६३ वर्षीय, रुपन्देहीका ६०, ६१ र ८४ वर्षीय कपुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ६३६ पुगेको छ ।