काठमाडौँ २४ असोज ।
कोरोना भाइरसको संक्रमण बाट आज थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ महिला, १२ पुरुषको ज्यान गएको हो ।
मृत्यु हुनेमा काठमाडौँकी ६८ र धादिङकी ३१ वर्षीया महिला तथा सुनसरीका ४५ वर्षीय, मोरङका ७२ र २० वर्षीय, सर्लाहीका ७१ वर्षीय, काठमाडौँका ४८ र ९० वर्षीय, ललितपुरका ४३ र ४९ वर्षीय, भक्तपुरका ६८ वर्षीय, मकवानपुरका ७७ वर्षीय, नवलपरासीपूर्वका ३६ वर्षीय र रुपन्देहीका ५७ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ६१४ पुगेको छ ।