काठमाडौँ २३ असोज ।
कोरोना भाइरसको संक्रमण बाट आज थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ महिला, ९ पुरुषको ज्यान गएको हो ।
मृत्यु हुनेमा झापाका २९ र ५२ वर्षीय, सुनसरीका ४६, ५२ र ६८ वर्षीय, काठमाडौंका ७१ वर्षीय, ललितपुरका ८४ वर्षीय, रुपन्देहीका ४७ र ८४ वर्षीय पुरुष तथा काठमाडौंकी ८७ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ६०० पुगेको छ ।