Birat Post बिहिबार, आश्विन २२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

असोज २२ काठमाडौं ।

अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल र बिदेशका लागि समेत दशैंको टीका लगाउने साइत सार्वजनिक गरेको छ । समितिद्धारा सार्वजनिक गरिएको प्रेस बिज्ञप्तिमा २४ वटा देशमा टीका लगाउने र उत्तम समयको तालिका समेत उल्लेख गरिएको छ । समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईको अध्यक्षतामा बसेको बैठकले यसखाले निर्णय बाहिर ल्याएको हो ।

विदेशमा बस्ने लाखौ नेपालीहरुले टीका लगाउने समय माग गर्ने गरेका छन् । यस्तै अन्य शुभ कार्यका लागि समेत पात्रो बनाउनुपर्ने आबश्यकता खड्किएको छ । समितिका अनुसार अमेरिका, बेलायत, क्यानडा, पोर्चुगल र फ्रान्समा अक्टोबर २६ तारिकमा टीकाको शुभ साइत जुरेको छ । जसमध्ये अमेरिकाको न्युयोर्क सहरमा प्रातः ११ बजेर ५ मिनेटमा, केन्टुकीमा ११ः०७ मा, टेक्सासमा ११ः५७ मा र क्यालिफोर्नियामा ११ः४५मा टीकाको शुभसाइत जुरेको छ ।

बेलायतको लण्डनमा ११ः३९ बजेको लागि साइत जुरेको छ । यसबाहेक क्यानडाको टोरन्टोमा ११ः४३, पोर्चुगलको लिस्बनमा ११ः३७ र फ्रान्सको पेरिसमा २५ सेप्टेम्बरको ११ः४१ मा टीकाको शुभ साइत जुरेको छ । यसबाहेक भारत, जापान, अस्ट्रेलिया, मलेसिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, न्युजिल्याण्ड लगायतका देशमा भने सेप्टेम्बर २६ को स्थानीय समय अनुसार बिहान ९ः४३ देखि १०ः३५ सम्म तोकिएको छ । पछिल्लो समय नेपालीहरु बिदेशमै बस्न र घरवार गर्न थाले पछि नेपाली ज्योतिषहरु बिदेश लक्षित पात्रो बनाउन लागेका छन् ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल