काठमाडौँ २२ असोज ।
कोरोना भाइरसको संक्रमण बाट आज थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ महिला, ८ पुरुषको ज्यान गएको हो ।
मृत्यु हुनेमा सुनसरीका ३९ वर्षीय, धनुषाका ७० वर्षीय, काठमाडौँका ५८ र ९१ वर्षीय, चितवनका ८१–८१ वर्षीय, र ९२ वर्षीय र कास्कीका ८३ वर्षीय पुरुष तथा काठमाडौँकी ७९ वर्षीया, ललितपुरकी ७३ वर्षीया, भक्तपुरकी ८२ वर्षीया र सुर्खेतकी ८२ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ५९० पुगेको छ ।