Birat Post बिहिबार, आश्विन २२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २२ असोज ।
झापा र सुनसरीबाट लागुऔषध खैरोहिरोईन (ब्राउनसुगर) सहित दुई जना पक्राउ परेका छन् । भारत घर भई झापाको बिर्तामोड–९ नरियाबारीमा डेरा गरी बस्दै आएका कृष्ण राय र सुनसरी ईटहरी–५ का २३ वर्षीय प्रविण राई ब्राउनसुगर सहित पक्राउ परेका हुन् । रायलाई बिर्तामोड सैनिकमोडबाट ६ ग्राम, ५०० मिलीग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस्तै प्रविणलाई ईटहरीमा रहेको एक खाजा घरबाट पक्राउ गरिएको हो । उनको कोठामा समेत खानतलासी गर्दा प्लाष्टिकमा पोको पारेर लुकाई छिपाई राखिएको अवस्थामा ३८ ग्राम, ४० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर र नगद १ लाख ५० हजार समेत बरामद गरिएकोे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विशेष सुराकीका आधारमा खटिएको प्रहरी दुवैजनालाई खैरोहिरोईन सहित पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका दुवै जना उपर थप अनुसन्धान र कानुनी कारवाही अगाडी बढाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल