Birat Post बुधबार, आश्विन २१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २१ असोज ।
प्रदेश १ मा आज एकैदिन ३४३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६२, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाम २–२, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ५७ महिला, ८० पुरुष, पथरीशनिश्चरेमा ४ पुरुष, रंगेलीमा २ महिला, १ पुरुष, रतुवामाईमा २ महिला, १ पुरुष, सुन्दरहरैंचामा २ महिला, १ पुरुष, बेलबारीमा १ महिला, २ पुरुष, ग्रामथान र बुढीगंगामा २–२ पुरुष ,उर्लाबारी, धनपालथानमा १–१ पुरुष र स्थानिय तह नखुलेका १ महिला, २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यसैगरी बराहक्षेत्र र दुहवीमा २–२ पुरुष, भोक्राहानरसिंहमा २ महिला, गढी, हरिनगर, रामधुनी, इनरुवामा १–१ पुरुष, बर्जुमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुष, झापाको विर्तामोडमा २ महिला ४ पुरुष, भद्रपुरमा ६ पुरुष, दमकमा ३ महिला ३ पुरुष, गौरादहमा २ महिला २ पुरुष, मेचीनगरमा १ महिला १ पुरुष, कमल गाउँपालिकामा २ पुरुष, कचनकवलमा १ महिला, अर्जुनधारा, हल्दिबारी र शिवसताक्षीमा १–१ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुष रहेका छन् ।

उता धनकुटाको महालक्ष्मीमा २, धनकुटा नगरपालिकामा १ र स्थानीय तह नखुलेका १ पुरुष, भोजपुरमा १ महिला १ पुरुष, इलामको माङसेबुङ र देउमाईमा १–१ पुरुष, पाँचथरको फिदिममा १ पुरुष र प्रदेश १ बाहिरका ४ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ हजार ४४७ पुगेको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २२८ रहेको छ । झापा र मोरङका १–१ पुरुषको मृत्यु भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ८७ पुगेको छ ।

प्रदेश १ मा आज १३ सय १० जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये १३६ महिला र २०७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मन्त्रालयका अनुसार हालसम्म १ लाख ३० हजार ६७१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल