काठमाडौँ २१ असोज ।
कोरोना भाइरसको संक्रमण बाट आज थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ महिला, १० पुरुषको ज्यान गएको हो ।
मृत्यु हुनेमा मोरङका ६०,४० वर्षीय, काठमाडौँका ४५, ५३, ६४ र ६९ वर्षीय, ललितपुरका ४६ वर्षीय, चितवनका ६१ वर्षीय, रुपन्देहीका ५५ वर्षीय, नवलपरासीका ७६ वर्षीय पुरुष तथा सिराहाकी ५० वर्षीया, रौतहटकी ७२ वर्षीया, काठमाडौँकी ६६, ७२ वर्षीया र दाङकी ७१ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ५७८ पुगेको छ ।