काठमाडौँ २० असोज ।
हाँस्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत दुवैजनालाई कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् ।
उनले दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र आफ्नो सम्पर्कमा रहेका सबैलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन आग्रह गर्नुका साथै सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्न समेत अनुरोध गरेका छन् ।
https://www.facebook.com/hari.bamsha.acharya/posts/10158723352668695