विराटनगर २० असोज ।
प्रदेश १ मा आज एकैदिन ३३० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २१०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा ३, उदयपुरमा २, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ६९ महिला, ८१ पुरुष, सुन्दरहरैंचामा १३ महिला, ८ पुरुष, कटहरीमा ७ महिला, १२ पुरुष, बुढीगंगामा १ महिला, ४ पुरुष, रंगेलीमा १ महिला, २ पुरुष, धनपालथानमा १ महिला, २ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदा, कानेपोखरी र पथरीशनिश्चरेमा १–१ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
यसैगरी सुनसरीको धरानमा २८ महिला, २६ पुरुष, इटहरीमा ६ महिला, १२ पुरुष, इनरुवामा १ महिला, ४ पुरुष, रामधुनीमा २ महिला, २ पुरुष, बर्जुमा १ महिला, ३ पुरुष, दुहवी, भोक्राहानरसिंह गापा र बराहक्षेत्रमा १–१ पुरुष, स्थानीय तह नखुलेका १ महिला, २ पुरुष, झापाको भद्रपुरमा १ महिला, ५ पुरुष, बिर्तामोड र दमकमा ३–३ पुरुष, हल्दिबारीमा २ पुरुष, बाह्रदशी, अर्जुनधारा, बुद्धशान्ति गापाका १–१ पुरुष, संखुवासभाको खाँदबारीमा २ र चैनपुरमा १ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, धनकुटा र खोटाङको दिक्तेलमा १–१ पुरुष र प्रदेश १ बाहिरका २ महिला र ३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ हजार १०५ पुगेको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ८९८ रहेको छ । मोरङ र सुनसरीका २–२ पुरुषको मृत्यु भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ८५ पुगेको छ ।
प्रदेश १ मा आज ३२ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल संखुवासभाबाट ३०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएका छन् । यससँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ हजार १२२ पुगेको छ ।
प्रदेश १ मा आज १२ सय १४ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये १९५ महिला र १३५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मन्त्रालयका अनुसार हालसम्म १ लाख २९ हजार ३६२ जनाको पीसीआर परीक्षण गरिएको छ ।