काठमाडौँ २० असोज ।
कोरोना भाइरसको संक्रमण बाट आज थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ महिला, ५ पुरुषको ज्यान गएको हो ।
मृत्यु हुनेमा तेह्रथुमका ३१ वर्षीय, सुनसरीका ६४ वर्षीय, ललितपुरका ७७,६१ वर्षीय र चितवनका ७० वर्षीय पुरुष तथा काठमाडौँक ५९, ६० वर्षीया, ललितपुरकी ६७ वर्षीया र नवलपरासीपूर्वकी ७७ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ५६३ पुगेको छ ।