विराटनगर १९ असोज ।
प्रदेश १ मा आज १ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीमा १०५, मोरङमा ५२, झापामा २, धनकुटा, तेह्रथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको इहटरीमा २२ महिला,३५ पुरुष, धरानमा २६ महिला,१५ पुरुष, कोशी गापामा १ महिला,१ पुरुष, दुहवी र बराहक्षेत्रमा १–१ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै मोरङको विराटनगरमा २२ महिला,१५ पुरुष, मिक्लाजुङमा २ महिला, ३ पुरुष, बुढीगंगामा ४ पुरुष, जहदामा २ पुरुष, कटहरी, केराबारी, सुनवर्षी र बेलबारीमा १–१ पुरुष, झापामा २ महिला, ताप्लेजुङ र तेह्रथुममा १–१ पुरुष, धनकुटामा १ महिला र प्रदेश १ बाहिरका २ पुरुषको रिपोर्ट पोजेटिभ आएकोे छ ।
यस संगै प्रदेश १ मा कोरोना संक्रमितको संख्याको ७ हजार ७७५ पुगेको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ६०५ रहेको छ । सुनसरीका १ पुरुषको मृत्यु भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ८१ पुगेको छ ।
प्रदेश १ मा आज ५९२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७६ महिला र ८८ पुरुषको रिपोर्ट पोजेटिभ आएकोे छ । हालसम्म १ लाख २८ हजार १४८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।