काठमाडौँ १९ असोज ।
कोरोना भाइरसको संक्रमण बाट आज थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ महिला, १४ पुरुषको ज्यान गएको हो ।
मृत्यु हुनेमा सुनसरीका ५५ वर्षीय, सर्लाहीका ६९ र ४२ वर्षीय, काठमाडौँका २६,६५,६७,७८,८१ र ९१ वर्षीय,ललितपुरका ५५ र ७१ वर्षीय, चितवनका ६२ वर्षीय, नवलपरासीपूर्वका ३६ वर्षीय पुरुष, ललितपुरका ३ वर्षीय बालक तथा पर्साकी ६५ वर्षीया, काठमाडौँका ७६,८१ र ८३ वर्षीया र गोरखाकी ४५ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ५५४ पुगेको छ ।