Birat Post आइतबार, आश्विन १८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १८ असोज ।
प्रदेश १ मा आज १७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८७, सुनसरीमा ६४, झापामा १७, खोटाङमा ५, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा २६ महिला, ४३ पुरुष, कानेपोखरीमा २ महिला, ८ पुरुष, कटहरीमा १ महिला, १ पुरुष, बुढीगंगामा १ महिला, १ पुरुष, धनपालथान, सुन्दरहरैँचा, सुनवर्षी र जहदामा १–१ पुरुषमा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १९ महिला, २२ पुरुष, इनरुवामा ६ महिला, ८ पुरुष, बर्जुमा २ महिला, २ पुरुष, देवानगञ्जकी १ महिला र स्थानिय तह नखुलेका २ महिला, २ पुरुष, झापाको विर्तामोडमा ३ महिला, ७ पुरुष, दमकमा २ महिला, ५ पुरुष, र कनकाईमा १ पुरुष, खोटाङमा २ महिला, २ पुरुष, उदयपुरकी १ महिला, प्रदेश १ बाहिरका ४ पुरुषमा संक्रमण देखिएको छ ।

यस सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ४४३ रहेको छ । आज मोरङका १ पुरुष, मृत्यु भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ८० पुगेको छ ।

प्रदेश १ बाट आज ३ सय ६३ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट ३४६, कोशि अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ८ जना, मेचि अस्पताल झापाबाट ७ जना र विराट मेडिकल कलेज, मोरङबाट २ जना डिस्चार्ज भएका छन् । यस सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ८८ पुगेको छ ।

प्रदेश १ मा आज ६ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ६८ महिला र १११ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख २७ हजार ५५६ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल