काठमाडौँ १८ असोज ।
कोरोना भाइरसको संक्रमण बाट आज ५ दिनको बालिका सहित थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ महिला, ३ पुरुष र १ बालिको ज्यान गएको हो ।
मृत्यु हुनेमा चितवनकी ५५ वर्षीया, बाँकेकी २५ वर्षीया, कञ्चनपुरकी २९ वर्षीया महिला र मकवानपुरकी ५ दिनको बालिका तथा काठमाडौँका ५५ वर्षीय, ललितपुरका ७७ वर्षीय र बाँकेका ६० वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ५३५ पुगेको छ ।