काठमाडौँ १७ असोज ।
कोरोना भाइरसको संक्रमण बाट आज थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ पुरुष र २ महिलाको ज्यान गएको हो ।
मृत्यु हुनेमा ललितपुरका ६७ वर्षीय, काठमाडौँका ८३ र ६८ वर्षीय, सिन्धुपाल्चोकका ४१ वर्षीय, दोलाखाका ६५ वर्षीय र कैलालीका ७९ वर्षीय पुरुष तथा सुनसरीकी २८ वर्षीया र चितवनकी ७६ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ५२८ पुगेको छ ।