Birat Post शुक्रबार, आश्विन १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १६ असोज ।
प्रदेश १ मा आज १९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, तेह्रथुममा २ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४७ महिला,७६ पुरुष, सुन्दरहरैंचामा ४ महिला, ५ पुरुष, पथरीशनिश्चरेमा २ महिला, ७ पुरुष, रंगेलीमा १ महिला, २ पुरुष, कटहरी र बुढीगंगामा १–१ पुरुषको रिपोर्ट  पोजेटिभ आएको हो ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा २ महिला, ७ पुरुष, धरानमा २ महिला, ३ पुरुष, दुहवीमा ३ पुरुष, हरिनगरमा २ पुरुष, गढी र रामधुनीमा १–१ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको मेचीनगरमा ४ महिला, ९ पुरुष, भद्रपुरमा २ महिला, २ पुरुष, कनकाईमा २ पुरुष, दमक र बिर्तामोडमा १–१ पुरुष, तेह्रथुममा १ महिला, १ पुरुष र प्रदेश १ बाहिरका ५ पुरुषमा संक्रमण देखिएको छ ।

यस सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ६६३ रहेको छ । मोरङकी १ महिला र प्रदेश १ बाहिरका १ पुरुषको मृत्यु भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ७६ पुगेको छ ।

प्रदेश १ मा आज १ सय ६६ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट १५५, विराट मेडिकल कलेज मोरङबाट ८ र न्युरो कार्डियो अस्पताल मोरङबाट ३ जना डिस्चार्ज भएका छन् । यस सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ४३८ पुगेको छ ।

प्रदेश १ मा आज ९५८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ६५ महिला र १३२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख २५ हजार ६८१ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल