Birat Post बिहिबार, आश्विन १५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १५ असोज ।
प्रदेश १ मा आज १८२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९८, सुनसरीमा ६८, झापामा ७, ताप्लेजुङ र भोजपुरमा १–१ जना र प्रदेश १ बाहिर ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा २६ महिला, ४२ पुरुष, जहदामा ६ महिला, ११ पुरुष, धनपालथानमा ४ पुरुष, ग्रामथानमा १ महिला, २ पुरुष, कटहरीमा १ महिला, १ पुरुष, बुढीगंगामा २ महिला, केराबारीमा १ महिला र स्थानिय तह नखुलेको १ पुरुषमा संक्रमण देखिएको हो ।

यस्तै सुनसरीको धरानमा ११ महिला, ३३ पुरुष, इटहरीमा ६ महिला, १३ पुरुष, रामधुनिमा १ महिला, २ पुरुष, दुहबीमा १ महिला र स्थानिय तह नखुलेका १ पुरुष, झापाको बिर्तामोडमा २ महिला, २ पुरुष, अर्जुनधारामा २ पुरुष र गौरादहमा १ महिला, ताप्लेजुङ र भोजपुरमा १–१ पुरुष, प्रदेश १ बाहिर सिराहामा २ पुरुष, धनुषामा १ महिला, सप्तरी, बाँके, नुवाकोट र भारतमा र बारामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ९८० पुगेको छ ।

प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ६३४ रहेको छ । मोरङकी १ महिला र सुनसरीका २ पुरुषको मृत्यु भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ७३ पुगेको छ ।

प्रदेश १ बाट आज १७४ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट १३९ जना, कोभिड १९ आइसोलेसन अस्पताल, गोठगाँउबाट २३ जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ७ जना, मेचि अस्पताल झापाबाट ५ जना डिस्चार्ज भएका छन् । यस सँगै हालसम्म ३ हजार २७२ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ७ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको छ । परिक्षण गरिएकामध्ये ६० महिला र १२२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मन्त्रालयका अनुसार हाल सम्म १ लाख २४ हजार ७२३ जनाको पीसीआर परीक्षण भएको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल