काठमाडौँ १४ असोज ।
कोरोना भाइरसको संक्रमण बाट आज थप १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ पुरुष, २ महिलाको ज्यान गएको हो ।
मृत्यु हुनेमा मोरङका ६० वर्षीय, सप्तरीका ३९ वर्षीय, सुनसरीका ६० वर्षीय, काठमाडौँका ५४ वर्षीय र रुपन्देहीका ८२ वर्षीय पुरुष, तथा काठमाडौँकी ३४ वर्षीया र ८६ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ४९८ पुगेको छ ।