Birat Post मंगलबार, आश्विन १३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १३ असोज ।
प्रदेश १ मा आज १२२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा १९, झापामा ८, तेह्रथुमका २ जना, इलाम, उदयपुर र भोजपुरका १–१ जना र प्रदेश १ बाहिर ४ जना रहेका छन् । मोरङको विराटनगरमा २९ महिला, ३२ पुरुष, कटहरीमा ५ पुरुष, ग्रामथानमा १ महिला, ३ पुरुष, सुन्दरहरैँचामा २ पुरुष, उर्लाबारीमा १ महिला, सुनवर्षीमा १ पुरुष, स्थानीयतह नखुलेका २ महिला, १० पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै सुनसरीको धरानमा २ महिला, ५ पुरुष, इटहरीमा १ महिला, ४ पुरुष, दुहबीमा १ महिला, ३ पुरुष र स्थानीयतह नखुलेका ३ पुरुष, झापाको दमक र भद्रपुरमा ३–३ पुरुष, अर्जुनधारामा १ पुरुष र स्थानिय तह नखुलेकी १ महिला, तेह्रथुममा २ पुरुष, इलाम, भोजपुर र उदयपुरमा १–१ पुरुष तथा प्रदेश १ बाहिर सप्तरीमा १ पुरुष, २ महिला र मकवानपुरमा १ पुरुषको पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ६४१ पुगेको छ ।

प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ५३३ रहेको छ । झापा, मोरङ र सुनसरीका १–१ पुरुषको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ ।

प्रदेश १ बाट आज १६६ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट १६० जना, रुम्झाटार आइसोलेसनबाट ३ जना, विराट मेडिकल कलेजबाट २ जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १ जना डिस्चार्ज भएका छन् । यस सँगै हालसम्म ३ हजार ४१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६ सय ६२ जनाको पीसीआर परीक्षण गरिएको छ । परिक्षण गरिएकामध्ये ३९ महिला र ८३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मन्त्रालयका अनुसार हाल सम्म १ लाख २२ हजार ७७४ जनाको पीसीआर परीक्षण भएको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल