काठमाडौँ १३ असोज ।
कोरोना भाइरसको संक्रमण बाट आज थप १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ पुरुष, ३ महिलाको ज्यान गएको हो ।
मृत्यु हुनेमा मोरङका ६८ वर्षीय, महोत्तरीका ५८ वर्षीय, काठमाडौँका ६० र ७० वर्षीय, चितवनका ५५ वर्षीय, बाँकेका ५३ र ३९ वर्षीय पुरुष तथा सर्लाहीकी ७२ वर्षीया, काठमाडौँकी ५७ वर्षीया र बाँकेकी ७६ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ४९१ पुगेको छ ।