Birat Post शनिबार, आश्विन १०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १० असोज ।
प्रदेश १ मा आज १०६ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा ५ सय ८८ जनाको नमुना परीक्षण गर्दा ४१ महिला र ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये ७२ जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका ३८ पुरुष, २६ महिला, कटहरीका १ पुरुष, १ महिला, ग्रामथानका १ पुरुष, १ महिला, बुढीगंगाका २ पुरुष, जहदा र सुनवर्षीका १–१ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै सुनसरी धरानका ८ पुरुष, ३ महिला, इटहरीका ६ पुरुष, ४ महिला, गढी र बर्जुका १–१ महिला र दुहवीका १ पुरुष गरी २४ जना, झापा विर्तामोडका २ पुरुष, १ महिला, भद्रपुरका १ पुरुष, १ महिला, कनकाई र कचनकवलका १–१ पुरुष गरी ७ जना, भोजपुरकी १ महिला, अन्य सप्तरीका १ पुरुष, १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ६ हजार २५५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज ११९ जना डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ७८८ पुगेको छ भने प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ४०५ रहेको छ ।

प्रदेश १ मा हालसम्म १८ महिला र ४४ पुरुष गरी ६२ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल