विराटनगर ९ असोज ।
प्रदेश १ मा आज ८५ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा ६२५ जनाको नमुना परीक्षण गर्दा २० महिला र ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये ४१ जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका १६ पुरुष, ८ महिला, बुढीगंगाका ५ पुरुष, बेलबारी र धनपालथानका ३–३ पुरुष, मिक्लाजुङ, सुन्दरहरैचा, उर्लाबारी, जहदा, कानेपोखरीका १–१ पुरुष र रंगेलीकी १ महिलामा संक्रमण पुष्टि भएको छ ।
यस्तै सुनसरी इटहरीमा २ महिला, १३ पुरुष, दुहवीमा २ महिला, २ पुरुष, इनरुवामा १ महिला, २ पुरुष, बर्जुमा १ महिला, १ पुरुष, धरानमा १ महिला गरी २५ जना, झापा भद्रपुरका १ महिला, ९ पुरुष, विर्तामोड र दमकका १–१ महिला गरी १२ जना, ताप्लेजुङका १ पुरुष, अन्य १ महिला, ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ६ हजार १४९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आज ३८ जना डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६५६ पुगेको छ भने प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ४३२ रहेको छ ।
प्रदेश १ मा हालसम्म १७ महिला र ४४ पुरुष गरी ६१ जनाको मृत्यु भइसकेको छ ।