झापा ९ असोज ।
झापाको अर्जुनधारा–११ बसपार्क र बिर्तामोड भगवान चोक स्थितबाट लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड–३ का २४ बर्षीय बिशाल राजवंशी, १५ बर्षीय नर प्रसाद राजवंशी र बिर्तामोड–२ का २२ बर्षीय प्रदिप राजवंशी रहेका छन् ।
उनिहरुमध्ये बिशाल र नर प्रसाद ११ ग्राम ब्राउनसुगर सहित अर्जुनधाराबाट र प्रदिप १० ग्राम ब्राउनसुगर सहित बिर्तामोड भगवान चोकबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाइ पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय अनारमनीका अनुुुसार पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान तथा कानुनी कारवाही अगाडी बढाईएको छ ।